देउवाले मन्त्री बनाउँछु भनेपछि सुटुक्क बुढानिलकण्ठ पुगे बामदेव, यस्तो भयो सहमती

बुधबार, ९ असार २०७८

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमबिच भेटवार्ता भएको खुलेको छ । बुढानिलकण्ठस्थित देउवा निवासमा देउवा र गौतमबिच भेटवार्ता भएको हो ।

दुई नेताबीच राजनीतिक घटनाक्रमको समिक्षा गर्दै कसरी अगाडी बढ्ने भन्नेबारे गम्भीर कुराकानी भएको बताइएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले गौतमसँग सहयोग मागेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमहरु राजनीतिक प्रणाली र संविधान नै सिध्याउने दिशातर्फ बढिरहेको भन्दै त्यसलाई रोक्न एकजुट हुनुपर्नेमा दुवै नेता सहमतिमा पुगेका थिए । ओलीको कदम उल्टाउन एक अर्कालाई साथ दिने र भविष्यमा मिलेर जानेबारे समेत देउवा र गौतमबीच कुराकानी भएको थियो ।

भेटमा देउवा आफू प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । ओलीको कदमलाई ब्रेक गर्न पनि आफू प्रधानमन्त्री बन्न अगाडि बढेको भन्दै देउवाले भविष्यमा मिलेर जान सकिने विषय गौतमलाई राखेका थिए । उनले आफू प्रधानमन्त्री बनेमा गौतमलाई सरकारमा सहभागी गराउने आशयसहितको प्रस्ताव राखेका थिए ।

विश्वस्त स्रोतका अनुसार देउवाले मिलेर जान सकिने भन्दै अहिले खुलेर विपक्षी गठबन्धनलाई साथ दिन भनेका थिए । गौतमले ओलीको कदमको विपक्षमा आफू रहेको र अहिले तटस्थ भूमिकामा रहेर एमाले एकता बचाउन लागेको प्रष्ट पारेका थिए ।

पार्टीहरुलाई विभाजित गर्न एकपछि अर्को गरी भएका आक्रमण राजनीतिक प्रणालीविरुद्ध नै केन्द्रित रहेको गौतमले बताएका थिए ।

मृतक परिवारको पीडामा ‘नुन खुर्सानी’ छर्किदै भारतीय बीमा कम्पनी एलआईसी नेपाल