‘सूर्य’ चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा निवेदन, एमालेलाई झट्का
काठमाडौँ – नयाँ पार्टी नेपालले निर्वाचन आयोगसँग सूर्य चुनाव चिन्ह माग गरेको छ । नयाँ पार्टीको टोली आज निर्वाचन आयोगमा पुगेर गोलाकार भित्रको सूर्य चुनाब चिन्ह माग गरेको हो ।
पार्टी दर्ताका बेलामा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्हसँग मिल्न गएको भन्दै निर्वाचन आयोगले अर्को चुनाब चिन्ह रोज्न आग्रह गरेको थियो । तर अहिले नेकपाको दर्ता खारेज भइसकेकाले गोलाकार भित्रको सूर्य चिन्ह आफ्नो पार्टीलाई दिन माग गर्दै नयाँ पार्टी निर्वाचन आयोग गएको हो ।
‘निर्वाचन आयोगको बैठक संख्या ३८, प्रस्ताव दर्ता नं. ५३, २०७७, मिति २०७७।१०।०७ गतेका दिन बसेको बैठकले नयाँ पार्टी, नेपालको विधान, नियमावली, घोषणापत्र, झण्डा, प्रस्तावित कार्यसमिति लगायत स्वीकार गरेको तर पार्टीले माग गरेको गोलाकार भित्रको सूर्य चुनाब चिन्ह भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग मिल्छ भनी नदिएकोले तत्काल नयाँ पार्टी, नेपालको माग बमोजिम विगतको नजिरको आधारमा गोलाकारभित्रको सूर्यलाई चुनाब चिन्हको मान्यता दिन माग गर्दछौँ ।’ आयोगमा दर्ता गरेको निवेदनमा भनिएको छ ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणाली र विभिन्न जातजातिको नाममा रहेको सम्पूर्ण आरक्षणहरु खारेज गर्न समेत आयोगसँग माग गरेको छ ।
मृतक परिवारको पीडामा ‘नुन खुर्सानी’ छर्किदै भारतीय बीमा कम्पनी एलआईसी नेपाल

