प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा फेरी बढ्यो पेट्रोलिम पदार्थको मूल्य
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल, मटितेलको मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बेचेको थियो ।
चुनाव खर्च जुटाउन पर्ने र सबै पार्टीलाई चन्दा सहयोग गर्न पर्ने भएकाले मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको भनाई छ । ‘अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा नघटाउने, बढ्दा मात्रै बढाउने टेलिकम नेतृत्वको बदनियत देखियो ।’ एक उपभोक्ताले भने, ‘चुनाव आएको छ क्यारे । अब के भन्ने ? सबैभन्दा धेरै पैसा प्रधानमन्त्रीलाई चाहिएको छ क्यारे । उहाँकै निर्देशनमा त मूत्य बढाएको होला ।’
