आफ्ना मन्त्रीहरु पदमुक्त भएपछि महन्थ ठाकुर एक्सनमा
काठमाडौं– सर्वोच्च अदालतले मन्त्री पद मुक्त गरेपछि जनता समाजवादी पार्टीका महन्थ –राजेन्द्र पक्षले बैठक बोलाएको छ।
आफू पक्षी नेताहरुसँग छलफल गर्न दिउँसो १ बजे बबरमहलमा बैठक बोलाईएको हो। बैठकमा सर्वोच्चको आदेशपछि पार्टीभित्र कसरी रणनीति तय गर्ने विषयमा छलफल हुने एक नेताले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएकै कारण पार्टीभित्र चरम विवाद रहेको छ। उपेन्द्र यादव पक्षले सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरणसमेत सोधिसकेको अवस्था छ। यी दुई पक्षबीच आधिकारिकताका लागि निर्वाचन आयोगमा लडाइँसमेत भइरहेको अवस्था छ।
त्यही भएर आजको बैठकलाई महत्वपूर्ण मानिएको नेताहरुले बताएका छन्।