सन्तोषी सुब्बाको हत्या रहस्य खुल्यो, एक युवा पक्राउ
काठमाडौं – विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । उनको हत्या अभियोगमा एक युवा पक्राउ परेका छन् ।
अन्दाजी २९ वर्षीय सुरेश तिमल्सिना पक्राउ परेको प्रहरीले जनाएको छ । एक प्रहरी अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको देखिन्छ ।
‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।
हत्या अभियोगमा पक्राउ परेका युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दै छ । सुब्बाको शव बुधबार दक्षिणकालीमा फेला परेको थियो ।
पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा विभत्स अवस्थामा फेला परेको शव सुब्बाको भएको पहिचान गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्नुका साथै तालिम प्राप्त विशेषज्ञ कुकुरबाट पनि घटनास्थलको अवलोकन गराइएको थियो ।