मन्त्री श्रेष्ठलाई तत्काल राजीनामा दिन माग

शुक्रबार, ११ असार २०७८

काठमाडौँ – नयाँ पार्टी नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल राजीनामा दिन माग गरेको छ । नयाँ पार्टीले जातिय विभेद गरेको अभियोगमा पक्राउ परेकी घरबेटीलाई चौकीबाट छुटाइ आफ्नै गाडीमा लिएर गएकाल घटनाले मन्त्री श्रेष्ठको मन्त्री बनी राख्ने नैतिकता गुमेकोले तक्काल शिक्षामन्त्रीको पदबाट राजिनामा दिन मागगरेको हो ।

आज एक विज्ञप्ति निकाल्दै नयाँ पार्टीले एक्काइशौँ शताब्दीमा सानो र ठूलो जात भनी विभेद गरिनु एक जघन्य अपराध भएको जनाएको छ । ‘जातिय विभेदको सिकार बनेकी संचारकर्मी रुपा सुनार र घरबेटी सरस्वती प्रधानबीचको मुद्धा मामिला प्रकरणप्रति नयाँ पार्टी ,नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अपराध, विभेदलाई हटाउन सरकारले नै सशक्त भूमिका खेल्न पर्नेमा सरकार आफैँ शिल्पी समुदायको अपमान गर्दै दलित भनी शिल्पी समुदायको अपमान गरी दलित आरक्षण ,दलित कोटा भनी संवैधानिक रुपमा शिल्पी समुदायमाथि आक्रमण गरिहेको छ र यता भत्ता ,आरक्षण कोटा दिएर फकाएको अभिनय समेत गर्दैछ । अत ः यस्तो विभेद हटाउनको लागि देशमा बसोबास गर्ने सम्पुर्ण नागरिक एकै दर्जाका नागरिक हुन् भन्ने चेतना सरकार र आम नागरिकमा भयो भने सम्पुर्ण विभेद उसै हट्ने नयाँ पार्टी ,नेपालको धारणा रहेको छ ।’

‘जातिय विभेदको मुद्धामा अनुसन्धान भै रहेको अवस्थामा सो अनुसन्धानलाई नै प्रभावित हुने गरी नेपाल सरकारका शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विपक्षीलाई प्रहरी चौकीबाट निकाली आफ्नै गाडीमा हाली लगेको घटनाले निजको मन्त्री बनी राख्ने नैतिकता गुमेकोले तक्काल शिक्षामन्त्रीको पदबाट राजिनामा दिन माग गर्दछौँ ।’ विज्ञप्तिमा अगाडी भनिएको छ, ‘अन्तिममा पीडित पक्ष रुपा सुनार र घरबेटी सरस्वती प्रधानबीच भेटघाट गराई विगतका तितामिठा कुरा बिर्सिएर नयाँ ढंगले मित्रता गराई जातीय विभेद हैन जातीय एकतालाई कायम गर्ने गरी अगाडि बढ्ने प्रतिबद्दता सहितको सम्झौता गराउन राष्ट्रिय मानव अधिकार आयोग ,नेपाल सरकार लगायतको ध्यानाकर्षण गराउछौँ ।’