नियमित आन्तरिक उडानका लागि धमाधम बुकिङ
काठमाडौं– निषेधाज्ञा खुकुलो बनायएसँगै यही असार १७ गतेबाट बाट नियमित आन्तरिक उडान सुरु हुँदैछ।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै निषेधाज्ञा जारी भएयता नियमित आन्तरिक उडान रोकिएको थियो।
उडान नियमित हुने भएपछि उडानका लागि आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सलगायतले टिकट बुकिङ थालेको जनाएका छन्।
यात्रुले टिकट काट्न मोबाइल एप, वेबसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने ती कम्पनीहरूले बताएका छन्।
वायुसेवा कम्पनीहरूका अनुसार कम्पनीले स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरेर उडान भर्न थाल्ने छ। सरकारले सिट क्षमताभन्दा आधा मात्र यात्रु राखेर आन्तरिकतर्फ जुलाई १ बाट नियमित उडान गर्न अनुमति दिएको छ।