थप २४७६ जनामा संक्रमण पुष्टि, कति भए संक्रमणमुक्त ?
काठमाडौं– पछिल्लो २४ घन्टामा मुलुकभर २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ हजार ३ सय ५१ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ ।
शुक्रवार ५ हजार ४ सय ५५ संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण पछि निको हुनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ ।
यस दिन २७ संक्रमितको मृत्यु भएको छ ।
यससँगै मुलुकभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।