कहिलेदेखि चल्छ सार्वजनिक सवारी साधन ? यस्तो छ तयारी

शनिबार, १२ असार २०७८

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन गरेर निजी सवारी साधन जोरविजोर प्रणालीमा संचालन गरिरहेको छ । तर सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ ।

यसबिच सार्वजनिक सवारी सञ्चालन गर्नेबारे सरोकारवाला निकायसँग काठमाडौं छलफल भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी, यातायात मजदुर संगठन, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा भएको बैठकमा असार १३ सम्म कोरोनाका बिरामीको संख्या हेरेर सञ्चालन गर्न दिने÷नदिनेबारे निर्णय गर्ने सहमति भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो।

यसअघि गत मंगलबारबाट भने निषेधाज्ञा खुकुलो बनाउँदै सरकारले जोर–बिजोर प्रणालीमार्फत निजी सवारीलाई सञ्चालन गर्न दिएको छ । तर वैशाख १६ देखि ठप्प सार्वजनिक सवारी सञ्चालन गर्नेबारे भने अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । उपत्यकाभित्र र बाहिर लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीको छ ।

महासंघले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ।