मेलम्चीमा फेरी बाढीको वितण्डा, तीन तले घर बगायो

शनिबार, १२ असार २०७८

काठमाडौं – असार १ गते आएको बाढीले क्षत विक्षत भएको मेलम्ची बासिका लागि अर्को आपत आइलागेको छ । मेलम्चीको मुहान भ्रोमथाङ क्षेत्रमा खसेको पहिरोका कारण अहिले पनि लेदो माटो बगेर आइरहेको छ ।

त्यही लेदोका कारण आज बिहानै गोपाल दुलालको तीनतले घर बगाएको छ । असार १ गतेको बाढीले उनको घर तलको धानखेत बगाएको थियो । खेत बगाए पनि खोलाले धार परिवर्तन गरेका कारण घर जोगिएका थियो । तर, शनिबार बिहानैदेखि नदीको बहाव बढेको र घर बगाएको स्थानीयको भनाइ छ ।

अहिले मेलम्ची, इन्द्रावती नदीको दुवैतर्फ तटबन्द बनाउन त सुरु गरिएको छ । तर, अविरल वर्षात्का कारण कटानमा कमी नआएको स्थानीयले बताएका छन् ।