प्रेरक प्रसंग : खुशी हुने तरिका

बिहिबार, १० बैशाख २०८३

काठमाडौँ – राजा अकबरले बीरबललाई सधै प्रश्नहरु सोधेर उनको बुद्धिको परीक्षा लिन्थे । एकदिन अकबरले बीरबललाई भने, “यो भित्तोमा एउटा यस्तो वाक्य लेख, जुन वाक्य दुःखको बेलामा पढ्दा मलाई खुशी मिलोस् र खुशीको बेला पढ्दा दुःख लागोस् ” ।

बीरबलले भित्तामा लेखिदिए , “यो समय बितेर जानेछ ।”

दुःखको समयमा हामी अत्तालिंछौँ र सुखको समयमा हाम्रो अहम् बढ्छ । तर दुःख र सुख कुनै पनि समय सधैभरि रहिरहन्न । त्यसैले दुवै परिस्थितिमा हामी संयम रहेर अगाडि बढ्नुपर्छ ।