नेपालमा पनि भेटियो डेल्टा क्लस भेरियन्ट, कति खतरा ?
काठमाडौँ – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा प्लसको पहिचान भएको छ । धुलिखेल अस्पतालले नयाँ भेरियन्ट पत्ता लगाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएको जनाएको छ ।
अस्पातलले उक्त नयाँ भेरियन्टकोे पहिचान रिपोर्ट तत्कालीन स्वास्थ्य मन्त्रीलाई बुझाइएको भएता पनि उक्त रिपोर्टलाई हङकङ र भारतको ल्याबमा परीक्षण गराएर मात्र मन्त्रालयले नेपालमा नयाँ कोरोना भाइरस डेल्टा प्लस देखिएको सूचनाबाहिर ल्याएको बताएको छ ।
धुलिखेल अस्पतालमा कोरोना संक्रमणको शुरूवाती दिनदेखि नै कोरोना भाइरसको विषयमा अध्ययन अनुसन्धानमा जुटेका डा. राजीव श्रेष्ठले सरकारले धुलिखेल अस्पतालको रिपोर्टमा विश्वास नगरे पनि आफूहरूले हामीले हरेस नखाएको बताए । उनले भने, ‘हाम्रो रिपोर्ट स्ट्यानफोर्ड, हार्डवर्ड युनि भर्सिटिले मानेको देखियो । अहिलेको अवस्थामा जनचेतना जगाउनु मात्र पनि ठूलो कुरा हो ।’ उनले आम नागरिकलाई त्रसित बनाउनलाई नभई सचेत बनाउन धुलिखेल अस्पताल लागि परेको बताए ।
डेल्टा भेरियन्ट नेपालमा देखिनु भन्दा पहिला नै जापानमा देखिइ सकेकोले यसलाई नेपाल भेरियन्ट भन्न नमिल्ने जिकिर गर्दै डा. श्रेष्ठले बरू नयाँ खालको म्युटेसन नेपालमा आएको भन्न मिल्छ भनेर आफूहरूले सरकारलाई रिपोर्ट गरेको पनि बताइए । उनले नेपालमा डेल्टा प्लस भेरियन्ट मात्र नभई अन्य भेरियन्ट पनिआएको र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा धुलिखेल अस्पतालले यसको अनुसन्धान गरिरहेको बताए । डा. श्रेष्ठले खोपको विषयमा पनि थप अनुसन्धान गर्नुपर्ने बताए । उनले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएकाहरूमा कोभिडसँग लड्ने क्षमता कति छ र खोपको असर कति महिनासम्म रहन्छ भनेर प्रत्येक महिनामा फलो अप गर्नुपर्ने विचार व्यक्त गरे ।
अहिले कोरोना भाइरसले चाँडै चाँडैस्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै डा. श्रेष्ठले एक व्यक्तिबाट अर्को व्यक्तिमा कति छिटो सर्छ भन्नेमा सजग रहनु पर्नेमा जोड दिए । नुभयो । उनले भने, ‘पहिला डेल्टा भेरियन्ट प्लसमा केफो वान म्युटेसन भयो त्यतिबेलासम्म यो छिटोछिटो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने हामीलाई थाहै थिएन । तर यो भाइरस छिटो फैलने र संक्रमितलाई छिटो गम्भीर अवस्थामा पु(याउने सम्भावना बढी भएको कुरा अहिले पत्ता लाग्यो । यस्तो अनुसन्धानले सुरक्षा अपनाउन र खोपको विकास गर्नमा ठूलो मद्दत गर्छ ।’ उनले अहिलेको अवस्थामा आमनागरिक आफै सचेत र सुरक्षित नभएसम्म लकडाउनले मात्र कोरोना भाइरस नियन्त्रण हुननसक्ने टिप्पणी गर्दै नागरिक आफै सचेत र जिम्मेवार नभएसम्म कोरोना भाइरस नियन्त्रण गर्न नसकिने बताए ।