दीपक मनाङ्गेलाई झट्का, अब के गर्लान् ?

आइतबार, १३ असार २०७८

काठमाडौं – आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरे । उनले गरेको कार्यविभाजनमा अझपनि दीपक मनाङ्गे समेटिएका छैनन् । उनलाई यो विषयले ठूलो झट्का लागेको छ ।

आफूले संसद जोगाएर मुख्यमनत्री बनाउने भुमिका खेलेको भन्दै मनाङ्गेले ठूलो मन्त्रालय मागेका थिए । उनलाई मुख्यमन्त्री पोखरेलले ठूलो मनत्रालय दिन अस्वीकार गरेपनि उनलाई झट्का लागेको हो ।

उनलाई मुख्यमन्त्री युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन् । उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दाबी गरेका छन् ।

पछिल्लो पटक गरिएको जिम्मेवारी बाँडफाड पछि कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् । उनले आइतबार पदभार ग्रहण गरेकी छन् ।

‘एलआईसी नेपालमा बीमा गर्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो’