खुकुरी प्रहार गरी छोराले गरे बाबुको विभत्स हत्या

आइतबार, १३ असार २०७८

दिक्तेल –धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गर्दन लगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

आफूले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु भएपछि फरार बनेका सुवर्णलाई सोल्माकै अल्छेढुङ्गाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।