१ हप्ता थपियो काठमाडौँ उपत्यकाको निषेधाज्ञ
काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञ १ हप्ता लम्बिएको छ । मंगलबारदेखि केही खुकुलो बनाउँदै निषेधाज्ञ एक हप्ता लम्याइएको हो ।
काठमाडौं उपत्यका सीडीयोहरुको सम्पन्न बैठकले सार्वजनिक सवारी साधन खोलने निणर्य गरेको छ । बैठकले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न दिइने निर्णय भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ ।