कोरोनाबारे नयाँ अनुसन्धानले यस्तो खुलासा गरेपछि दुनिया आश्चर्यचकित !
काठमाडौँ – एउटा नयाँ अनुसन्धानले एउटा सबैलाई आश्चर्यचकित पार्ने खुलासा गरेको छ। अध्ययनमा यो सम्भावनामा व्यक्त गरिएको छ कि २० हजार वर्ष अघि पनि कोरोनाभाइरस संक्रमण फैलिएको थियो। अध्ययनका अनुसार यो संक्रमण पूर्वी एसियामा फैलिएको थियो।
अध्ययनमा आधुनिक चीन, जापान र भियतनामका व्यक्तिहरूको डीएनएमा यसको पहिचान फेला परेको छ।
कोरोना भाइरस परिवारको भाइरसको आनुवंशिक अनुकूलताको संकेत यी क्षेत्रका मानिसमा फेला परेको छ।
कोरोना भाइरस परिवारमा मर्स र सार्स भाइरसहरू पनि सामेल छन्, जुन विगत २० वर्षदेखि फैलिइरहेको छ ।
यस अध्ययनमा विश्वभरका २६ मानव बस्तीमा रहेका करिब २५०० जना मानिसमा जीनोमको अत्याधुनिक कम्प्यूटेशनल विश्लेषण गरिएको थियो ।