७७ वटै जिल्लामा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने निर्णय
काठमाडौँ – विपक्षी गठबन्धनका विद्यार्थी संगठनको संयुक्त बैठकले असार १६ देखि प्रतिनिधि सभा पुनःस्थापनाका लागि ७७ जिल्लामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको छ । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँको सोमबार बसेको बैठकले बुधबार देशभर तथा बिहीबार काठमाडौँ उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने निर्णय गरेको हो ।
त्यस्तै संयुक्त संगठनले शैक्षिक संस्थाले लकडाउन अवधिको सम्पुर्ण शुल्क राज्यले बहन गर्नुपर्ने माग राख्दै विद्यार्थीलाई मनपरी शुल्क थोपरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
निर्णयबारे नेविसंघका महामन्त्री दीपक भट्टराई भन्छन्, अधिनायकवादी र स्वेच्छाचारी सरकार , शैक्षिक बेथिति र मनपरी, बढ्दो महँगि र आम नागरिकसँगै शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गरि शैक्षिक संस्था संचालनको निम्ति हामी चरणवद्ध आन्दोलनमा छौँ ।
हेर्नस् विज्ञप्ति :
