जीवन विकास लघुवित्तको आइपीओमा चौथो दिनसम्म कति पर्यो आबेदन ?
काठमाडौं – जीवन विकास लघुवित्तको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ । लघुवित्तको आइपीओमा सोमबार बेलुकासम्ममा १५ गुणा बढी आवेदन परेको छ।
सोमबारसम्म १८ लाख ४० हजार ३७ जना आवेदकले आबेदन परेको छ । २ अर्ब ७८ करोड २६ लाख ३५ हजार रुपैयाँको २ करोड ७८ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको छ । उक्त लघुवित्तले संस्थाको साधारण सेयर (आईपीओ) शुक्रबारबाट निष्काशन गरेको थियो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने छ।