आज अन्तिम दिन : जीवन विकास लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

मंगलबार, १५ असार २०७८

काठमाडौँ – जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओमा नयाँ रेकर्ड कायम भएको छ । कम्पनीको आईपीओमा हालसम्म कै उच्च आवेदन परेर रेकर्ड ब्रेक गरेको हो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार अन्तिम दिन आज (असार १५ गते, मंगलबार) बेलुका ६ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १६.९१ गुणा बढी हो । यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो । तर अन्तिम तथ्यांक आउन बाँकी भएको हुनाले थोरै तलमाथि हुन सक्नेछ ।

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।