त्रिशुलीमा गाडी खस्यो
धादिङ – त्रिशुलीमा गाडी फसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक गाडी त्रिशुली नदीमा खसेको हो ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक सो नदीमा आज विहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले नदीको बहाब उच्च रहेको छ ।
चालक बाहेक ट्रकमा अन्य को(को थिए भन्ने यकीन नभएको र खोजी जारी रहेको बताइएको छ ।
वीरगञ्जबाट काठमाडौंका लागि छुटेका तीन ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।