एमबिबिएस प्रवेश परीक्षा हुने मिति तोकियो, कोरोना पोजेटिभले पनि परिक्षा दिन पाउने

बुधबार, १६ असार २०७८

काठमाडौँ – चिकित्सा शिक्षा आयोगले एमबिबिएस लगायतका प्रबेश परिक्षा हुने मिति तोको छ । शैक्षिक सत्र २०७७÷७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षाको मिति तोकेको हो ।

स्नातक तह एमबिबिएस, बिडिएसलगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ। गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन पाउनेछन्।

परीक्षार्थी आफैँले छनौट गरेका परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्थापन मिलाइएको छ। परीक्षा केन्द्र छनौटमा छुटेका परीक्षार्थीका हकमा काठमाडौं परीक्षा केन्द्र नै कायम गरिएका छन्।

प्रवेश पत्र परीक्षा सुरू हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थीले अनलाइनबाट प्रिन्ट गर्नुपर्ने हुन्छ। परीक्षार्थीले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट बुझाउनुपर्छ। पोजेटिभ देखिए पनि परीक्षा दिन पाइनेछ। विदेशी विद्यार्थीका हकमा सात दिन क्वारेन्टिन बस्नुपर्छ।