आज धेरै ठाउँमा बाढीको खतरा (सूचनासहित)

बुधबार, १६ असार २०७८

काठमाडौं– वर्षा बढेसँगै आज (बुधबार) देखि बाढी, पहिरो र डुबानको जोखिम पनि बढ्ने भएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज कोसी र नारायणी, पूर्वी राप्ती, कमला, बागमती र कन्काई नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने जोखिम छ।

कम्तीमा आगामी तीन दिनसम्म बाढीको निकै जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।

विस्तृत विवरण तलको सूचनामा–