बालुवाटारमा जारी एमाले बैठकमा माधव नेपाल समूहका नेताहरु अनुपस्थित

बुधबार, १६ असार २०७८

काठमाडौँ– बालुवाटारमा जारी नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु सहभागी भएका छैनन् । केहीबेरअघि बैठक सुरु भएको बैठकमा नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको भए पनि अनुपस्थित भएका हुन् ।

संस्थापन पक्षले कारबाही गरिएका ११ जना नेताहरु बाहेक नेपाल समूहका अन्यलाई बोलाएको थियो तर, उनीहरु बैठकमा अनुपस्थित भएका हुन् ।

जारी बैठकले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने भएको छ । पार्टीभित्र असन्तुष्ट रहेको नेपाल पक्षको माग समेत पूरा गर्नेगरि निर्णय गर्ने बताइएको छ ।