सडक नखुलेपछि तातोपानी नाका दुई सातादेखि अवरुद्ध
काठमाडौं– गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् ।
व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् भने सडक विभागले सडक खुलाउन सकस परिरहेको बताएको छ ।
सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपाल सडकलाई तलबाट भोटेकोसीले भस्काउने र माथिबाट पहिरो खस्ने समस्याले सताएको बताउँछन् ।