सिरहामा खुल्यो माछापुच्छ्रे बैंकको नयाँ शाखा

बुधबार, १६ असार २०७८

काठमाडौँ – माछापुच्छ्रे बैंकले लिमिटेडले सिराह जिल्लामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नंं २ को सिरहा जिल्ला सदरमुकाममा शाखा कार्यालयको समुद्घाटन गरि आजबाट सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । जिल्लाको सदरमुकाम सिरहाबजारमा खोलिएको नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकका ६ वटा भएका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन ।