संसद भवन अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बुधबार, १६ असार २०७८

काठमाडौं – काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।

प्रहरीले हस्तक्षेप गरी उनीहरुबाट पुत्ला खोसेको थियो । पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।