कांग्रेस सभापति देउवाको विशेष खुलासा, यस्तो रहेछ कोरोना खोप नआउनुको कारण
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष खुलासा गरेका छन् । उनले प्रधानमन्त्री ओलीले कमिसन मागेकै कारण कोरोना खोप नआएको खुलासा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको भनिसकेको उनले बताए ।
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने, ‘म दोष त दिन चाहन्नँ, तर प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?’
खोप खरिदमा कमिशन खान नपाएका नेपाली जनता कोरोना खोप लगाउनबाट बन्चित भएको उनको भनाई थियो ।