सिभिल बैंकको गैरकानुनी धन्दा छताछुल्ल, राष्ट्र बैँकले गर्यो कारवाही

बिहिबार, १७ असार २०७८

काठमाडौँ – बैंकहरुको लिस्टमा सबैभन्दा पछाडी रहेको सिभिल बैँकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । सबैभन्दा कमजोर सिभिल बैंकले गैरकानुनी कार्य गरेको भन्दै राष्ट्र बैँकले कारवाही गरेको हो ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष ७७/७८ को तेस्रो त्रैमासमा गरेको अनुगमनको क्रममा गैरकानुनी कार्य गरेको पइएपछि कारवाही गरिएको राष्ट्र बैँकले जनाएको छ ।

सिभिल बैंकले सम्पति शुद्धीकरण सम्बन्धि ऐन र निर्देशनको उल्लङ्घन गरेकोले बैंकलाई १० लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । सिभिल बैंकले ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको पनि पाइएकोले राष्ट्र बैंकको भनाई छ । एकिकृत निर्देशन नम्बर ६ को संस्थागत सुशासन सम्बन्धि ब्यबस्थाको बुँदा नम्बर २ (ख) मा रहेको ब्यबस्थाको पालना नभएकोले अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिईएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा प्रभु बैँक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, र राष्ट्रिय वाणिज्य बैंक तथा प्रथम त्रैमासमा लक्ष्मी बैंकलाई कारवाही गरेको थियो ।