गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक, बुढाबुढिको बबाल अभिनय

बिहिबार, १७ असार २०७८

काठमाडौँ – गायिका अन्जु पन्तको नयाँ गीत बजारमा आएको छ । सुरेश वाग्लेको शब्द रहेको यो गीतमा अन्जुपन्तलाई स्वरमा गायक मनोजराज सिवाकोटीले साथ दिएका छन् ।

मनोजराजकै संगीत रहेको गजल गीत ‘तिमी आयौ जिन्दगीमा’ बाग्ले दम्पतीको दमदार अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको जोडदार अभिनय रहेको छ ।

सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन गरेका हुन् ।