हवात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

बिहिबार, १७ असार २०७८

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।
छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैँयामा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १३ सय १० प्रतितोला पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँ तोलामा कारोबार भएको थियो।