भोलिको एमाले बैठकमा माधव नेपाल जान्छन् कि जादैँनन् ? थाले यस्तो तयारी

बिहिबार, १७ असार २०७८

काठमाडौं– भोलिको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न माधव नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू भएको छ ।

काठमाडौंमा बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीवार दिउँसोदेखि छलफल शुरू भएको हो

बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डेलगायत नेताहरू सहभागी छन् ।

बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने निर्णय गर्दै भोलि १८ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

नेपाल समूहभित्र भोलिको बैठकमा सहभागि हुन दबाब परेको छ ।

एमालेमा जेठ २ गतेको संरचना ब्युँताउने निर्णयपछि हिजो दुवै पक्षका नेताहरूबीच छलफल भएको थियो ।

फागुन २३ मा सर्वोच्चको आदेशले नेकपा भंग भई एमाले ब्युँतिएपछि नेपाल पक्षले जेठ २ को अवस्थामा फर्काउन माग राख्दै आएको थियो ।