संबैधानिक इजलासमा प्रधानन्यायाधीशको प्रश्न, ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा हुँदैनथ्यो ?’

बिहिबार, १७ असार २०७८

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीका अधिबक्ताहरुलाई अनौठो प्रश्न गरेका छन् । उनले घुमाउरो पारामा माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा के हुन्थ्यो भनेका छन् ।

संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न आएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थनमा आफ्नै पार्टीका अरु नेतालाई किन अवसर नदिएको होला भनेर प्रश्न गरेका हुन् ।

उनले पार्टीका अरु नेतालाई प्रधानमन्त्री दिने दायित्व किन निर्वाह नगरेको भनी प्रश्न गरेका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीले भोट अफ कन्फिडेन्ट प्राप्त गर्ने अवस्था छैन भने संविधान जिउँदो राख्न अरुलाई समर्थन गर्ने उहाँको दायित्व होइन ?,’ उनले प्रश्न गरे ।

प्रधानन्यायाधीश जबराले अघि भने, ‘पार्टीको नेताको हैसियतले उहाँले आफ्नो (नेतृत्वमा) मात्र बनाउनुपर्थ्यो र १२१ को समर्थन अरुलाई दिएको भए सरकार बनाउँथ्यो होला, त्यो दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ?’

उनको आसय पार्टीभित्र प्रधानमन्त्रीको उमेद्वार हुँदा हुँदै किन आफै प्रधानमन्त्री बन्न अग्रसर भए भन्ने थियो । यसको मतलब उनका प्रतिशपर्धि माधव नेपाललाई किन प्रधानमन्त्री बनाउन नसकेको हो भन्ने नै हो ।

अदालतले संसद विघटन ठीक भएन भनी आदेश दिइसकेपछि प्रधानमन्त्री किन त्यही बाटोतिर गएको भनी जबराले अर्को प्रश्न गरे । अधिवक्ता कोइरालाले जो निर्वाचित हो उसैले त्याग गर्नुपर्छ भन्ने विषयमा जवाफ आफूसँग नभएको बताए ।