माधव नेपाल समूहको बैठक सम्पन्न, के गर्यो निर्णय ?

बिहिबार, १७ असार २०७८

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय बैठक सम्पन्न भएको छ । ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले भोलिका लागि बोलाइएको बैठकमा उपस्थित नहुने निर्णय गरेको हो ।

ओली पक्षको बुधवार बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ मा फर्काउँदै केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । तर नेपाल पक्षले भने आफूहरु पूर्व पदाधिकारी तथा महाधिवेशनबाट आएको हैसियतमा भएपनि उक्त बैठकमा नजाने निर्णय गरेको एक नेताले जानकारी दिए ।

ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्दैछ । यसअघि उनीहरुले जेठ २ गते फर्किन ओलीलाई दवाव दिदै आएका थिए ।

यसअघि ओलीले षड्यन्त्र पूर्वक बैठक आह्वान गरेकाले सहभागी हुने नसकिने नेताहरु बताउँदै आएका थिए ।