सुनको भाउ दैनिक बढ्न थाल्यो, तोलामा कति पुग्यो ?

शुक्रबार, १८ असार २०७८

काठमाडौं– नेपाली बजारमा सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ बिहीबार तोलामा ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि तोलामा ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्ले दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।