बिहान मुख धुँदा साबुनको सट्टामा प्रयोग गर्नुहोस् यी चिज, मिल्छ प्राकृतिक सुन्दरता
काठमडौं– अधिकांश मानिसले आफ्नो अनुहार सफा गर्नका लागि साबुन या फेसवासको प्रयोग गर्ने गरेका छन्।तर यी रसायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छालामा नकारात्मक असर पुर्याउन सक्छ।
अनुहारको छाला कोमल र सम्वेदनशील हुने हुँदा साना–तीना गल्तीले नै अनुहारको सौन्दर्यमा नकारात्मक असर पर्छ । जसका कारण अनुहारको सौन्दर्यमा ह्रास समेत आइरहेको हुन्छ ।अनुहारको सौन्दर्यमा हामीले अनुहार कुन किसिमले धुन्छौ भन्ने कुरा पनि पर्दछ । अनुहार सामान्यतः बिहान उठेपछि वा बिहिरबाट आएपछि धुने गर्छौ । तर, हामिले अनुहार धुनुले पनि हाम्रो सौन्दर्यतामा ह्रास ल्याइरहेको छ भन्ने कुरालाई ध्यान दिइरहेको हुँदैनौ । जसले गर्दा अनुहारमा डण्डिफोर आउने, छाला चिलाउने वा फुस्रो हुने जस्ता समस्या देखिन्छ ।मुख धुँदा गरिने गल्तीतातो पानीको प्रयोगः विशेष गरी जाडो मौसममा मानिसहरू चिसो पानी छुन डराउँछन् ।
नुहाउँदा, मुख धुँदा तातो–मनतातो पानीको प्रयोग गर्छन् । तर उनीहरूले यो विचार गर्दैनन् कि, तातो पानीले अनुहारको चिल्लोपना हटाउँदछ र राम्रा ब्याक्टेरियाहरूलाई नष्ट गरिदिन्छ, जसले गर्दा अनुहार फुस्रो हुनुको साथै एलर्जी आउने सम्भावना हुन्छ ।त्यसैले सकेसम्म चिसो अनि सफा पानीले नै अनुहार पखाल्नु पर्छ । यदि अत्ति नै जाडो भएमा धेरै तातो होइन, हलुका मनतातो बनाएर धुनु पर्दछ ।जुन पायो त्यहि साबुनको प्रयोगः अनुहार धुँदा साबुनको प्रयोग गर्नु राम्रो होइन । फेरि सबै साबुन एकै किसिमका पनि हुँदैनन् । अधिकांश साबुनमा हाम्रो छालामा रहेका फाइदाजनक ब्याक्टेरियाहरूलाई मार्ने खालका रसायनहरू मिसाइएका हुन्छन्, जसले गर्दा मुहारको छालामा एलर्जी हुने, चिलाउने, फुस्रो हुने समस्या देखा पर्दछ ।हात नै नधोइ अनुहार छुनुहुदैन्ः राति सुत्दा हाम्रो हत्केलामा अनेकौँ प्रकारले फोहोर टाँस्सिन्छन् ।
त्यसैले अनुहार सफा गर्ने नाममा यस्ता रसायनयुक्त सामग्रीको प्रयोग भन्दा पनि घरेलु उपाय अपनाउनु जरुरी छ। यी घरेलु उपायले अनुहारमा चमक त ल्याउछ नै यसका अलवा छाला संग सम्बन्धित हरेक समस्याको समाधान गर्ने गर्दछ।अनुहारको सफाईका लागि साबुनको ठाउँमा निम्न घरेलु उपाय अपनाउन सकिन्छ
१. दुध
त्वचाको सफाईको लागि काचो दुधको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। यसको प्रयोगले मरिसकेका डेड स्किनको सफाई गर्नुका अतिरिक्त त्वचालाई पनि थप चम्किलो र आकर्षक पार्न सहयोग गर्दछ। यो एक नेचुरल क्लिजर हो।यो पनि पढ्नुहोस
हप्तामा कति पटक कपाल नुहाउँदा राम्रो रु यस्तो छ कपाल सौन्दर्यको उपायचटपटेलगायतका खानेकुरा उभिएर खाने बानी छ रु सावधान १ देखिनसक्छ यस्तो‘
२. चिनी
चिनी पनि छालाको लागि एक एक सस्तो र भरपर्दो घरेलु उपाय हो। यसको प्रयोगले छालामा निखार ल्याउन सकिन्छ।चिनीलाई पिसेर दैनिक मुख धुने साबुन या फेसवासको रुपमा प्रयोग गर्नाले यसले मरिसकेका स्किन्लाई थप जीवित बनाउन मदत गर्दछ। यदि चाहनुहुन्छ भने चिनीलाई एलोभेरा संगक मिसाएर समेत प्रयोग गर्न सकिन्छ जुन छालाका लागि निकै नै उपयोगी रहेको छ।
३.नरिवलको तेल
अनुहारमा नरिवलको तेलको प्रयोग गर्नु पनि अति नै लाभदायक छ। यसले छालाको भित्र सम्म पुगी काम गर्ने भएकाले पनि कुनै पनि समस्या आउन बाट रोक्छ
४. मह
महको प्रयोग विशेषगरी छालासम्बन्धि समस्याको लागि गरिने गरिन्छ। यसले त्वचाको आकर्षकतामा कुनै पनि असर पुर्याउदैन र साथमा यसले त्वाचा सफा पनि बनाउछ।अलिकति महलाई हातमा लिई हल्कासंग मसाज गर्ने र केहि बेर सुक्न दिई हल्का मनतातो पानीले धुनाले अनुहारमा भएका कुनै पनि समस्याबाट छुटकारा पाउन सकिन्छ।
५.मेवा
मेवामा पाइने केरेटोनाईड र भिटामिनले छालामा प्राकृतिक क्लिजरको रुपमा काम गर्दछ। यसले त्वचामा निखार ल्याउछ। मेवाको सानो टुक्रालाई महमा मिसाई अनुहारमा हल्का तरिकाले मसाज गर्नाले अनुहारमा चमकता आउनुका साथै चाया पोतोको समस्यामा समेत फाइदा पुग्ने देखिन्छ।