काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं– काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भू गरिएको हो।
भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो।
यो भूकम्प ‘गोरखा भूकम्प’कै पराकम्प भएको केन्द्रले जनाएको छ । यसअघि जेठ ५ मा लमजुङको भूलभूले केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो ।