आज कस्तो रहला देशभरको मौसम ?
काठमाडौं– पछिल्लो पटक लगातार वर्षा भइरहेकोमा मौसममा सुधार आएको छ। शनिबार यता ठूलो पानी पर्ने क्रम क्रमशः घट्दै गएको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणि भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले सोमबार बिहान प्रदेश १ का केही स्थानमा पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर बदली हुनेछ। तर ठूलो पानी पर्ने सम्भावना कम छ। दिउँसो प्रदेश १, २, बागमती, र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेमि मध्यम वर्षाको सम्भावना छ।
मंगलबार प्रदेश १, २, बागमती, गण्डकीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना छ। मंगलबार राति पनि पानी पर्नेछ।
बुधबार देशका अधिकांश भूभागमा बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।