निको हुनेभन्दा दोब्बर थपिए नयाँ संक्रमित, काठमाडौंमा कति ?

बुधबार, २३ असार २०७८

कोरोनाभाइसको संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा १३३३ जना निको हुँदा २९७९ संक्रमित थपिएका छन् ।

जुन निको हुनेको संख्याभन्दा दोब्बरभन्दा बढी हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको जानकाअनुसारी अनुसार गत २४ घण्टामा ११८९८ जनामा गरिएको पीसीआररएन्टीजेन परीक्षणमा २९७९ जना संक्रमित भएका हुन् ।

सोही अवधिमा १३३३ संक्रमणमुक्त भएको प्रवक्ता पौडेलले जानकारी दिए । काठमाडौं उपत्यकामा ५४२ थप जना संक्रमित भएका छन् ।