रुपा सुनारलाई लाग्यो झट्का, सर्वोच्चले यसो भन्यो
दलित अभियन्ता रुपा सुनारलाई झट्का लागेको छ । दलित अभियन्ता रुपा सुनारको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अनुसन्धान कहाँ पुगेको छ, यसमा के कसो भएको भनेर विपक्षीसँग लिखित जवाफ मागेको छ । तर रुपाले मागेअनुसार अन्तरिम आदेश दिएन ।
जातीय भेदभाव गरयो भनेर रुपा घरबेटी सरस्वती प्रधान, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, सरकारी वकिल कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई विपक्षी बनाई अदालत गएकी थिइन् ।
उनले शिक्षामन्त्रीको बर्खास्ती, घरबेटी प्रधानलाई जेल हाल्नुपर्ने माग गरेकी छन् । तर त्यसलाई सर्वोच्चले पहिलो सुनुवाइमा अस्विकार गरेको छ ।
सर्वोच्चले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने बिषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
साथै बिषयको गाम्भिर्यतालाई मध्यनजर गर्दै छिटो टुङ्ग्याउन मनासिब देखिएकाले अग्राधिकार समेत दिएको छ ।
रुपा यसअघि घरबेटीविरुद्ध प्रहरी र मानव अधिकार आयोग पनि पुगिसकेकी छन् । पश्चिममा डलरेहरुको उक्साहटमा रुपाले नेवार र दलित समुदायबिच दुरी बढाउने गरी एकपछि अर्को कदम चाले पनि असफल हुँदै आएकी छन् ।