एमालेको बैठक सर्यो, आजै ७ बजे हुदैँछ यस्तो घोषणा !

बिहिबार, २४ असार २०७८

काठमाडौँ – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक साँझ सात बजेका लागि सरेको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको बैटक एकछिन बसेर साँझसम्मका लागि स्थगित गरिएको हो ।

कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तफृबाट संयोजक रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार एकछिन बसेर कार्यदलको बैठक साँझसम्मका लागि स्थगित गरिएको हो ।

उनले अधिकांश विषयहरुमा सहमति जुटिसकेकाले आजै सहमतिको घोषणा हुनसक्ने बताए । आन्तरिक तयारीका लागि बैठक स्थगित गरिएको उनको भनाइ छ ।

सिंहदरबारमा बैठक स्थगित भएसँगै सहमतिका लागि आन्तरिक तयारी गर्न दुवै पक्ष छुट्टाछुट्टै बसेका छन् । ओली पक्षका कार्यदलका सदस्यहरु भने प्रधानमन्त्री कार्यालयमा छलफलमा जुटेका छन् ।

यसअघि बुधबार साँझ अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । कार्यदलका सदस्यहरुका अनुसार आजै सबै विषय टुंग्याएर सहमतिको घोषणा हुनेछ ।