भारतमा फेरि बढ्यो कोरोना संक्रमण

शुक्रबार, २५ असार २०७८

काठमाडौं– छिमेकी मुलुक भारतमा कोरोना संक्रमण पुनः बढेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा थप ४५ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या तीन करोड सात लाख ९ हजारभन्दा धेरै रहेको छ ।

पछिल्लो २४ घन्टामा ४४ हजार २९१ जना संक्रमित निको भइ घर फर्किएका छन् । अझै पनि भारतमा चार लाख ६० हजार ७०४ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म दुई करोड ९८ लाख ४३ हजार ८२५ जना संक्रमणबाट मुक्त भएका छन् ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ८१७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेहरूको संख्या चार लाख पाँच हजार २८ पुगेको छ ।

कोरोना संक्रमितका हिसाबले भारत विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।