बाढीको वितण्डा– डुब्यो बनेपा बजार

शुक्रबार, २५ असार २०७८

काठमाडौं– काभ्रेको बनेपा बजारमा बाढी पस्दा अरनीको राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधन प्रभावित भएका छन् । गाडी डुबाउने भल सडकमा बग्दा सवारी सञ्चालनमा कठिनाई भएको छ ।

पुण्यमाता खोलामा आएको बाढी बजारमा पसेको हो । बाढीले हरेक वर्ष बनेपाको पुलबजार क्षेत्र डुबानमा पर्ने गरेको छ । एकहप्ता अगाडि पनि बनेपा बजारमा बाढी पसेको थियो । पछिल्लो दुईसातामा बनेपा बजार तीनपटक डुबेको छ ।

वर्सेनि बजारमा बाढी पसेर क्षति पुर्याउने गरे पनि सरोकारवालाले समस्या समाधानका लागि पहल नगरेको स्थानीयको गुनासो छ ।