कति छ आज सुनको मूल्य ?

शुक्रबार, २५ असार २०७८

काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको तोलामा मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।