मध्यरातमा नाटकीय रुपमा एमालेहरु एक, कसरी मिल्यो कुरा ?

आइतबार, २७ असार २०७८

काठमाडौं– सत्तारूढ दल नेकपा (एमाले) नाटकीय रुपमा मध्यरातमा एक भएको छ । एमालेको एकता कार्यदलले १० बुँदे सहमति गरेको हो ।

आइतबार लगातार १४ घण्टासम्म चलेको म्याराथुन छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।

१४ घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले एकताबद्ध हुँदै अगाडि बढ्ने सहमति भएको भएर र कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको जानकारी गराएका थिए।

नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्।

अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई फोनमा कुरा गराएर सहमती भएको हो ।

एमालेका सचिव प्रदीप ज्ञवालीले उक्त सहमतिको १० बुँदे प्रस्ताव सञ्चारकर्मीहरुलाई पढेर सुनाएका थिए।