तलव नबढाएको भन्दै इसीडीका शिक्षकहरु आन्दोलित
काठमाडौं – संघिय सरकारले घोषणा गरे अनुसार स्थानीय सरकारले तलव बृद्धि नगरेको भन्दै इसीडीका शिक्षकहरु आन्दोलित भएका छन् । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा कार्यरत आधारभुत बालविकास केन्द्रमा कार्यरत शिक्षकहरु आन्दोलित भएका हुन् ।
देशभरका पालिकाहरुले आर्थिक बर्ष २०७८/७९को बजेटमा भएको व्यवस्था अनुसार तलव नबढाएको र रास्कोट नगरपालिकाले यस विषयमा चासो नदिदा आन्दोलित हुन परेको उनीहरुको भनाई छ । आगामी आर्थिक बर्षका लागि संघिय सरकारले इसीडीका शिक्षकहरुको तलव १५ हजार पुर्याएको थियो ।
जसमा ८ हजार संघिय सरकारले व्यहोर्ने र बाँकी रहेको ७ हजार स्थानीय पालिकाहरुको ससर्त अनुदानबाट तलव खुवाउने व्यवस्था गरेको थियो । तर रास्कोट नगरपालिकाले तलव खुवाउन आनाकानी गरेको भन्दै आन्दोलन गर्नु परेको मंगलादेवि आधारभुत विद्यालयकी शिक्षाका बविता बरालले बताइन् ।
‘हामीलाई नगरपालिकाले उपेक्षा गरिरहेको छ । लामो समयदेखि काम गर्दै आएका इसीडीका शिक्षकहरुलाई सरकारले केही राहत दिन खोजेपनि नगरपालिकाले हाम्रो अधिकारी खोसेको छ ।’ बरालले भनिन्, ‘हामीलाई श्रम ऐन अनुसार तलव सुविधा दिन पर्ने हो । तर हामी पहिला सानो रकममा पनि काम गर्न तयार भयौँ । अहिले राज्यले सुविधा दिदाँ पनि श्रम ऐनको कार्यन्वयन हुँदैन् भने हामी निर्णायक आन्दोलनमा जान्छौँ ।’
उनीहरु अहिले धना दिने, छलफल गर्ने, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापनपत्र बुझाउने लगायतका काम गरिरहेका छन् । आफ्ना मागहरुमा अटेरी गरे नगरपालिकाको कार्यालय बन्द गर्नेदेखि सडक आन्दोलन गर्नसमे बाध्य हुने उनीहरुको भनाई छ ।
नगरपालिकाले भने आर्थिक बर्ष २०७८÷७९ को बजेट प्रस्तुत नभएकाले अहिल्यौ आन्दोलन गर्न पर्ने अवस्था नभएको बताएको छ । नगरसभामा उहाँहरुको माग सम्बोधन हुने सम्भावना रहेकाले त्यसका लागि गृहकार्य भइरहेको बुझिएको छ ।