एउटै गाउँका १६ जनाको रहस्यमय मृत्यु
काठमाडौँ –एकै गाउँका १६ जनाको रहस्यमय मृत्यु भएको छ । बिहीबार आठ र शुक्रबार थप आठजनाको रहस्यमय मृत्यु भएको हो ।
भारतको बिहार राज्य स्थित एउटा गाउँमा १६ जनाको मृत्यु भएको हो । पश्चिम चम्पारण जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति अनुसार मृतक मध्ये चारजनाका आफन्तले मृत्यु हुनुअघि उनीहरूले रक्सी पिएको पुष्टि गरेका छन्।
जिल्ला प्रशासनका अनुसार दश जनाको परिवार मृत्युको कारणबारे स्पष्ट जानकारी दिएका छैनन्। यी सबै मृतक बेतियाको लौरिया प्रहरी स्टेशनको देउरवा गाउँका हुन्।
यस सम्बन्धमा विषाक्त मदिरा पिएपछि बिरामी परेका पीडितको भनाइको आधारमा एफआईआर दर्ता भएको छ। यस्तै ५ जनालाई पक्राउ गरिएको छ।
त्यस्तै, भारतीय सरकारले पाकिस्तानमा रहेका कूटनीतिज्ञ र उनीहरूका परिवारलाई सतर्क रहन आग्रह गरेको छ। पाकिस्तानका लागि अफगान राजदूतकी छोरी अपहरणमा परेपछि भारतले आफ्ना नागरिकलाई सचेत गराएको हो।
अफगानिस्तानको परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानका लागि अफगान राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई शुक्रबार घर फर्किरहेको बेला अज्ञात व्यक्तिहरूले अपहरण गरेका थिए।
उनलाई घण्टासम्म घोर यातना दिइएको थियो। अपहरणमुक्त भएकी उनको अहिले उपचार भइरहेको छ । यस घटना लगत्तै भारतीय विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञ र नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। भारतीय सरकारी स्रोतहरूका अनुसार विशिष्ट कर्मचारीहरूलाई नियमित रूपमा सरकारले सचेत गराइरहेको छ।
यता, अफगानले वाणिज्य दूतावासको सुरक्षाका साथै कूटनीतिज्ञ र उनीहरूका परिवारको सुरक्षा सुनिश्चित गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ। साथै, घटनामा संलग्न व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय सन्धि र सम्झौता अनुरुप तुरुन्त कारबाही गर्न आग्रह गरेको