देउवा सरकारमा गगन थापा र विश्वप्रकाशको यसरी हुदैँछ ईन्ट्री, देशभरका कांग्रेसीहरु उत्साहित !
प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले मन्त्रीमण्डल गठन गर्न चौतर्फी दबाब आईरहेको छ । गठबन्धनको सरकार भएकाले दलहरुले आफूले रोजेको मन्त्रालय दिन दबाब दिईरहेका छन् ।
यहि बीचमा शेरबहादुर देउवाले खोप, महाधिवेसन र चुनावलाई लक्षित गर्दै मन्त्रीमण्डल गठन गर्ने रणनीति बुनेका छन् । गठबन्धनमा रहेका दलहरुले मागे अनुसार भन्दा पनि उपयुक्त मन्त्रालय दिन्छु भनेर जवाफ दिएका छन् देउवाले । माओवादी केन्द्र र जसपाको लागि मन्त्रालय छुट्याइसकेका छन् प्रधानमन्त्री देउवाले । अब शेरबहादुर देउवालाई आफ्नो सरकार संचालन गर्न कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई कसरी सामेल गर्ने भन्नेमा विशेस ध्यान दिईरहेका छन् ।
गगन थापा सांसद समेत भएकाले उनलाई स्वास्थ्य मन्त्रालय वा सूचना तथा संचार मन्त्रालय दिने निधो गरेका छन् तर गगन थापाले भने स्वास्थ्य मन्त्रालय मै दाबी गरिरहेका छन् । गगन थापालाई जसरी पनि मन्त्री मण्डलमा ल्याउने देउवाको लक्ष्य रहेको छ । अहिले गगन थापालाई च्याप्न सके महाधिवेसनमा आफूलाई ठुलो सहयोग हुने शेरबहादुर देउवाको आकलन रहेको छ ।
गगन थापा पश्चात शेरबहादुर देउवालाई चाहेको छ नेपाली कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्मा तर विश्वप्रकाश शर्मा सांसद नभएकाले गर्दा मन्त्री बनाउदा विवादमा परिने भएकाले विश्वप्रकाश शर्मालाई मन्त्री मण्डलमा राख्न मिलेन । त्यसैले विश्वप्रकाश शर्मालाई आफ्नो राजनीतिक सल्लाहकारको रुपमा राख्ने चाहना देउवाले देखाएको चर्चा चल्न थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाशलाई आफ्नो राजनीतिक सल्लाहकारको रुपमा बस्न आग्रह गरेका छन् तर विश्वप्रकाशले अहिले सम्म कुनै निर्णय दिएका छैनन् । श्रोतका अनुसार विश्वप्रकाशले आफू पार्टीको प्रवक्ता पनि भएका कारण समस्या पर्ने हो कि भन्ने समेत तर्क सभापतिलाई प्रस्तुत गरेका छन् । तर देउवाको विश्वासको पात्र भएका कारण विश्वप्रकाश शर्मालाई आफ्नो सचिवालयमा लाने कोशिस गरिरहेका हुन् । –क्यानडानेपालबाट