बाबुरामकी छोरी मानुषीको पनि गर्भवती भएको तस्वीर सार्वजनिक
काठमाडौँ – पछिल्लो समय अभिनेतृ प्रियङ्का कार्कीको अर्धनग्न तस्वीर सार्वजनिक भएपछि पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् । गर्भवती भएको तस्वीर सार्वजनिक गर्नु सहि की गलत भनेर पक्ष विपक्षमा बहस भइरहेको छ ।
चर्को बहस भइरहेको बेलामा जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी एमी भट्टराईले पनि आफ्ना गर्भावस्तावको तस्वीर सार्जजनिक गरेकी छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफ्ना पुराना तस्वीर सार्वजनिक गरेकी हुन् ।
‘एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो ?’ आफ्नो ट्वीटमा उनले भेनेकी छन्, ‘बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली ? एक प्रकारको बागी कार्य किन नमान्ने ?’
उनले आफ्नो ट्वीटमा कम्युनिस्ट कार्यकर्तालाई पनि प्रहार गरेकी छिन् । ‘नेपाली कणहरू सारै रूढीवादी !’ ट्वीटरमा भनेकी छन्, ‘मेरो सुन्दर कार्य हेर्नु अब ।’
नेपाली चलचित्रकी लोकप्रिय नायिका कार्कीले केही समयअघि साथिभाइसँग आफ्नो खुशीका क्षण सार्वजनिक गरेकी थिइन् । उनले गर्भवती भएको फोटो सार्वजजिक गरेसँगै उनलाई नकरात्मक प्रतिक्रिया आएपछि बाबुराम भट्टराईले कार्कीको बचाउन गरेका थिए ।
सन्तानलाई जन्म दिने दिन नजिक आउदै गर्दा आज प्रियंकाले साथीहरुसँगको स्विमिङ पुलको केही रमाइला तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । त्यसको समर्थन गर्दै भट्टराईले सन्तान जन्माउनु प्राकृतिक प्रक्रिया भएको भन्दै विरोध गर्नु रुढिवादी परम्परा भएको बताएका थिए ।