धन कमाउन नसकेर हैरान हुनुभएको छ ? यी ५ गल्ती सच्याएर बन्नुहोस् एक बर्षमै करोडपति
काठमाडौँ – प्राय मानिसहरु जति दुःख गर्दा पनि आफूले सोचेजस्तो धन आर्जन गर्न सक्नुहुन्न । यसको पछि केही धार्किक कारणहरु रहेको हुनसक्ने हिन्दु धर्मशास्त्रमा उल्ल्ेख छ ।
हिन्दु धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ । त्यसैले प्राय हिन्दु धर्मालम्बी र आस्थावान्हरु माता लक्ष्मीलाई प्रसन्न राख्ने कोशिसमा हुन्छन् ।
माता लक्ष्मी प्रसन्न भए कृपा र आशीर्वादमा धन सम्पती पाउने धार्मिक विश्वास छ । यस्तोमा माता लक्ष्मीको कृपा पाउन आफूबाट जानअन्जानमा हुने ५ गल्ती बारे सजग हुनु पर्दछ ।
१) अबेरसम्म नसुत्ने – बिहान अबेरसम्म सुत्ने वा सूर्यास्तको गोधूलि बेलामा सुत्नेहरुसँग माता लक्ष्मी प्रसन्न नहुने भएकाले उनीहरुमा लक्ष्मीको कृपा नहुने धार्मिक विश्वास छ । गोधुली बेलामा पूजापाठ गर्ने समयमा माता लक्ष्मीको घर आगमनको समय मानिने भएकाले यो समयमा सुत्नु राम्रो मानिदैन । साथै वेद र पुराणमा समेत सूर्योदय भन्दा पहिल्यै जाग्नु सर्वश्रेष्ठ हुने उल्लेख छ ।
२) रातको समयमा नङ काट्नु – व्यस्त दिनचर्या वा अन्जानकै कारणले भए पनि रातमा नङ काट्नु अशुभ मानिन्छ । रातमा नङ काट्नेसँग माता लक्ष्मी प्रसन्न नहुने र धनको समस्या हुने धार्मिक मान्यता छ ।
३) खाना खादाँ बिचमै उठ्ने – शास्त्र अनुसार खाना खादाँ बीचमै उठ्नु हुदैँन । अन्यथा देवी अन्नपूर्णाको अपमान हुने र देवी अन्नपूर्णा माता लक्ष्मीकै रुप भएकाले खाना खादाखादै बीचमै उठ्नेसंग माता रुष्ट हुने भएकाले घरमा सम्पन्नता नआउने धार्मिक विश्वास छ ।
४) साँझमा नुन दिने – साँझमा नुन सापटी वा उधोरोमा दिनु अशुभ मानिन्छ । सकेसम्म साँझमा कसैलाई नुन दिनु नै हुदैँन । अन्यथा घरको सम्पन्नता बाहिरीने र जीवनमा धनको अभाव हुने साथै माता लक्ष्मी रुष्ट हुने धार्मिक विश्वास छ ।
५) रातमा जुठा भाडा राख्नु – रातमा सुत्नु अघि घरका सबै जुठा भाडाँ माझ्नु पर्दछ । अन्यथा रातभर घरमा जुठो राखे नकारात्मक ऊर्जाले घरमा प्रवेश पाउने र माता लक्ष्मी रुष्ट हुने धार्मिक मान्यता छ । जसले धनसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।