निर्वाचन आयोगमा रेशम चौधरी, कसको पक्षमा गर्लान् सनाखत ?

सोमबार, ११ साउन २०७८

काठमाडौँ – जनता समाजवादी पार्टी नेता रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन् । जनता समाजवादी पार्टीको आधिकारिकताका लागि सनाखत गर्न चौधरी निर्वाचन आयोग जाने भएका हुन् ।

जसपका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा चिनिएका चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।

उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् ।

जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको हो । हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।